अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

 साउन २५, २०७८ सोमबार ६:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो ।

केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ ।

तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको दाबी गरेको छ । लडाकुहरुले पछिल्लो पटक कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यसअघि निम्रोजको राजधानीकाे जरञ्ज र जोजन राज्यको शाबरगान नियन्त्रणमा लिइएको दाबी गरिएको थियो ।

अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबानले आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया