इङ्ग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डले आर्सनललाई २–० ले हरायो

 साउन ३०, २०७८ शनिबार ७:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २–० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो ।

ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् । एलेक्सान्डर लाकाजेटी र पिएर–एमरिकबिना मैदानमा रहेको आर्सनल कमजोर देखिएको थियो ।

घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रङ्गशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो ।

अन्तिम अपडेट: असार २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया