अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त

पहिलो महिला मुख्यमन्त्री

 भदौ २, २०७८ बुधबार २१:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

मकवानपुर - वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएकाे छ । याेसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएकाे छ ।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि आजै शाक्य वाग्मती प्रदेशकाे एमाले संसदीय दलको नेतामा चयन हुनुभएकाे थियाे । वाग्मती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले राजीनामा दिएपछि शाक्य नियुक्त हुनुभएकाे हाे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया