कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

 भदौ ४, २०७८ शुक्रबार ७:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने छ ।

यस्तै, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज र काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

विद्यार्थीलाई खोप दिएपछि मात्रै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया