सर्पको टोकाइबाट सिरहामा २ जनाको मृत्यु

 भदौ १५, २०७५ शुक्रबार १४:५९:१९ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सर्पको टोकाइबाट सिराहको धनगढीमाई नपा १२ सिमरटोकमा ६५ वर्षीय बलराम खतिवडा ज्यान गएको छ । घरमै सुतिरहेको बेला सोमबार राति सर्पले टोकेको थियो । उनको उपचारको क्रममा बिहीबार बेलुका ज्यान गएको स्थानीय महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

सर्पले टोकेको केही समयपछि उनलाई जयकाली शर्पदंश केन्द्रमा उपचारको लागि पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगे पनि धरान पुर्‍याउँदा मृत्यु भैसकेको अस्पतालले जनाएको छ । 

त्यस्तै, मंगलबार अपरान्ह धनगढीमाई नपा ८ मै गोमन सर्पले डसेर एक बालकको ज्यान गएको छ । घरमा कोही नभएको समयमा खेलिरहेका बेला स्थानीय अरुण कुमार सिंहको ५ वर्षीय छोरा धिरेन्द्रको ज्यान गएको स्थानीय गजेन्द्रकुमार कर्णले जानकारी  दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया