सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट भएको दाबी

 भदौ ९, २०७८ बुधबार ६:४२:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ ।

अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई राष्ट्रपति जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता मानिएको द वाशिङ्गटन पोस्टले जनाएको छ । सीआईएले भेटबारेमा कुनै टिप्पणी गरेको छैन । तालिबान समूहले काबुल कब्जा गरेपछि नयाँ सरकार गठनका बारेमा निरन्तर छलफल गरिरहेका छन् ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अहिले पनि अस्तव्यस्त छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया