समानान्तर गतिविधि नराेकिए कारबाही गर्छाैँ : रवीन्द्र मिश्र पक्ष

न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्छाै : पाण्डे पक्ष

 भदौ १७, २०७८ बिहिबार १९:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।

मिश्र पक्षीय केन्द्रीय कमिटीकाे आज बिहीवार बसेकाे बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरूलाई सचेत गराउँदै समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । बैठकले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।

मिश्र पक्षको बैठकमा एक सय एक जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य सहभागी थिए । अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्ने प्रस्ताव अघि सारेपछि साझा पार्टीमा विवाद बढेको छ ।  

यस्तै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले पार्टीको विधानबारेमा छलफल गरी पारित गर्ने निर्णय गरेको छ । पाटीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले रोक्दा विधान अलपत्र परेकाले छलफल गरी पारित गर्ने निर्णय भएको साझा पार्टीको सञ्चार विभागका उपप्रमुख हरिप्रसाद भट्टले जानकारी दिनुभयो ।

यस्तै बैठकले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने पनि निर्णय गरेको छ । विवेकशील साझामा कसैलाई कारबाहीको निर्णय गर्नुपरे न्याय तथा सुशासन आयोगले गर्ने भनिएको थियो । छलफलमा आएका सुझाव र प्रतिक्रियालाई समेटेर आउँदो बैठकमा पेस गर्ने जिम्मा केन्द्रीय सदस्य महेश पाठकलाई दिने निर्णय भएको पाण्डे पक्षले जनाएको छ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया