बालिका सोनाली हत्याकाण्ड: महोत्तरीको औरही बजार चार दिनका लागि खुला

 भदौ १६, २०७५ शनिबार १५:५६:५८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – आठ महिने बालिका सोनाली चौधरीको अपहरण र हत्याको विरोधमा बन्द भएको महोत्तरीको औरही बजार –४, खुल्ला भएको छ । औरहीमा आज भएको सर्वपक्षीय बैठकले चार दिनको लागि बजार र सडक बन्द फिर्ता लिएको हो ।

स्थानीयहरुले प्रहरीलाई बालिकाको हत्यारालाई पक्राउ गर्नका लागि सहयोगस्वरुप तत्कालको लागि बन्द फिर्ता लिएको स्थानीय धर्वेन्द्र कुमार यादवले जानकारी दिनुभयो । 

स्थानीयहरु आन्दोलनमा उत्रिएपछि प्रहरी प्रशासनको ध्यान अन्यन्त्र जान थालेको भन्दै एकीकृत रुपमा बालिका खोज्नको लागि तत्कालको लागि बन्द फिर्ता लिने निर्णय गरिएको औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण चौधरीले बताउनुभयो ।

 ८ महिने बालिका सोनाली चौधरीलाई अपहरण गरी हत्या गरिएको विरोधमा स्थानीयहरुले गएको ५ दिनदेखि बर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरी औरही बजार बन्द गरिएको थियो ।   

अन्तिम अपडेट: चैत २२, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया