विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह

 भदौ २३, २०७८ बुधबार १२:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय अभिभावक महासङ्घले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुनेमा जोड दिनुभएको हाे ।

भौतिकरूपमा विद्यालय बन्द हुँदा पनि प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिँदै आएको र केही समय यसैगरी पठनपाठन गर्न सकिने उहाँको भनाइ छ । काठमाण्डौ उपत्यकासहित अरु जिल्लामा आउँदो असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने गरी तयारी भैरहेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउन अन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले जोखिम भएका ठाउँमा विद्यालय खोल्न अनिवार्य नरहेको पनि स्पस्ट पार्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया