राेल्पामा बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

 भदौ १६, २०७५ शनिबार २०:१०:९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – ६ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा नगरपालिकाका १५ वर्षीय एक किशोरलाई शनिबार पक्राउ गरेको छ ।

पीडित परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

छोरी बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा लगेपछि स्वास्थ्यकर्मीले बलात्कार भएको आशंका गर्दै प्रहरीमा उजुरी दिन भनेपछि करिब दुई हप्ता अघिको घटना अहिले थाहा भएको पीडित परिवारको भनाई छ । 

बालिकालाई सोधपुछ गर्दा आमाकै भदै नाता पर्ने बालकले बलात्कार गरेको बताएको आधारमा किशोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रेउघामा भइरहेको जनाइएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया