नेभिगेशन

विश्व स्वास्थ्य सङ्गठनकाे अपिल : काेराेना खाेपसँगै नियमित खोप कार्यक्रम पनि विस्तार गरौँ

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना खोपको विस्तारसँगै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपिल गरेको छ ।

काठमाण्डौमा चलिरहेको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठकमा क्षेत्रीय निर्देशक डाक्टर पूनम खेत्रपाल सिंहले नियमित खोप कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।

कोरोना महामारीका कारण नियमित खोप कार्यक्रम प्रभावित हुँदा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको जोखिम बढेको भन्दै उहाँले खोप कार्यक्रमको परिमाण विस्तार गर्नुपर्ने बताउनुभयो ।

क्षेत्रीय निर्देशक खेत्रपालले महामारीका कारण दादुरा तथा रुबेला खोपको पहुँच ९४ प्रतिशतबाट ८८ प्रतिशतमा झरेको भन्दै यो जोखिमको सङ्केत रहेको बताउनुभयो । यस्तै अरू खोपको पहुँच पनि घटेको उहाँले बताउनुभयो ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी क्षेत्रको नेतृत्व गर्ने निकायको वार्षिक बैठक हो । यसपालिको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीका कारण भर्चुअल रूपमा भइरहेको छ ।  

प्रकाशित मिति:
थप समाज