गैंडालाई उत्तानो पारेर झुण्ड्याउँदा पर्ने असर बारेको अनुसन्धानलाई आईजी नोबेल पुरस्कार

 भदौ २६, २०७८ शनिबार १८:५२:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – गैंडालाई उत्तानो झुण्ड्याउँदा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानले यो वर्षको आईजी नोबेल पुरस्कार प्राप्त गरेको छ । नक्कली नोबेल वा व्यङ्ग्यात्मक नोबेल पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो नभए पनि यसलाई महत्वपूर्ण पुरस्कार मानिन्छ ।

यो पुरस्कारले हसाउने र पछि सोच्न बाध्य पार्ने विज्ञानसम्बन्धी हास्यपत्रिका एनल्स अफ इम्प्रोबबल रिसर्चले जनाएको छ । यस वर्षको अर्थशास्त्र तर्फको आईजी नोबेल पुरस्कार नेताको मोटोपना त्यो देशमा हुने भ्रष्टाचारको सङ्केत भएको पत्ता लगाएबापत पाब्लाे ब्लाभास्त्सकीले प्राप्त गरेका बीबीसीले जनाएको छ । गैंडालाई उत्तानो पारेर झुण्ड्याउने अनुसन्धान कोर्नल युनिभर्सिटीका वन्यजन्तु चिकित्सकहरुले गरेका हुन् ।

अफ्रिकामा अर्को वासस्थानमा लैजान वन्यजन्तुलाई उत्तानो पारी झुण्ड्याएर ओसार्ने क्रम बढेपछि वैज्ञानिकहरुले यसबाट पर्ने असरबारेमा अध्ययन गरेका हुन् । अनुसन्धानका क्रममा गैंडालाई उत्तानो पारेर झुण्ड्याउँदा आउने समस्यालाई गैंडाले सहजै सामना गर्ने सक्ने देखिएको छ । विजेताहरुलाई नक्कली बैंक नोट र कागजको ट्रफी दिइन्छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया