कक्षा १२ को परीक्षा आजदेखि

 भदौ ३०, २०७८ बुधबार ७:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३  विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसाे २ बजेसम्म हुनेछ ।

हरेक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित आफू परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो । 

परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परिक्षा केन्द्रमा पुर्याइने अध्यक्ष डा. पौडेलले बताउनुभयो  । 

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया