रामेछापमा जीप दुर्घटना : एकै परिवारका तीन जनाको ज्यान गयो, १० वर्षका बालक घाइते

 भदौ ३१, २०७८ बिहिबार १२:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप - रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । १० वर्षका बालक घाइते भएका छन् ।  

दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको साइनो भने खुल्न बाँकी छ ।

घाइते १० वर्षका बालक धावा शेर्पा घाइते भएका र उनको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उदृत गर्दै रामेछापका उज्यालो सहकर्मी दीपक भट्टले जनाएका छन् ।

काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३  नम्बरको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया