विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि

 असोज १, २०७८ शुक्रबार १२:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि हुँदैछ । छनाेट खेल आज दिउँसो साढे ३ बजे सातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु हुनेछ ।

तीन दिनसम्म हुने छनाेट खेलमा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३.५ देखि ६७ र ६७ देखि ७१ केजी तौलसमूह समावेश हुनेछन् । सर्बियामा आउँदो अक्टोबर महिनामा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनाेट खेल्न लागिएको हो ।

च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न सङ्घले बनाएको पाँच सदस्यीय समितिको प्रतिवेदनका आधारमा विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा गराइने छ । छनोट समितिले उत्कृष्ट खेलाडीहरु छनोट गरेर वरीयता प्रदान गर्नेछ ।

त्यसपछि समितिकै सुझावका आधारमा विश्व च्याम्पियनसिपमा कति खेलाडी सहभागी गराउने भन्ने निर्णय हुने राष्ट्रिय खेलकुद परिषद्को प्रचार प्रसार शाखाका प्रमुख दुर्गा दुलालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया