आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा

 असोज १८, २०७८ मंगलबार ५:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ । 

दुबईमा गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे ।

चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । 

चेन्नईका अम्बाती रायडुले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । दिल्लीका अक्षर पटेलले २ विकेट लिए । 

दिल्लीको १३ खेलमा २० अङ्क छ । समान खेलमा १८ अङ्क रहेको चेन्नई दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया