प्रतिनिधि सभाको बैठक बस्दै

 असोज १९, २०७८ मंगलबार ११:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाही सञ्चालन गर्दै आउनुभएको छ । आज पनि सदनमा एमालेले विरोध गर्ने सम्भावना छ ।

आफूले कारबाही गरेका १४ सांसदकाे सूचना सभामुखले नटाँसेको भन्दै एमालेले नाराबाजी गर्दै आएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया