स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई  कोरोना विरुद्धको खोप लगाउन स्थगित

 असोज २१, २०७८ बिहिबार ६:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै – स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । 'साइड इफेक्ट' देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो । स्विडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेले सुरक्षाको सुनिश्चिता भएपछि फेरि खोप लगाउनका लागि  आवश्यक कदम चालिने बताउनुभएको छ ।

गएको जुलाईमा युरोपेली औषधि एजेन्सीले  युरोपेली युनियनका २७ देशका १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई यो खोप लगाउने अनुमति प्रदान गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया