काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा भोलि चिरप्रतिद्वन्द्वी हङकङसँग खेल्दैछ । फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जितले पनि पर्याप्त हुनेछैन ।
एसिया कप छनोटको सुरुवाति दुई खेलमा पराजित भएपछि नेपालले फाइनलमा पुग्नका लागि अरुको भर पर्नुपरेको छ । त्यो पनि आफूले ठूलो मार्जिनको जित निकालेर पनि अरुले त्यही अनुसारको नतिजा हात पार्नुपर्नेछ ।
भोलि नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनलाई हराएमा पनि पुग्दैन । यता यूएईलाई पनि ओमानले करिब त्यस्तै नतिजाले हराउनु पर्नेछ । अंक तालिकामा ओमानको ७ अंक छ भने यूएईको ६ र हङकङको ५ अंक छ । भोलिको दिन चमत्कार भए मात्र नेपाललाई फाइनलमा पुग्न सम्भव हुदा नेपाल भने दबाबमुक्त भएर खेल्नेछ ।
किनकी आफ्नो हातबाट खेल गइसकेको अवस्थामा नेपालले हङकङलाई सक्दो ठूलो मार्जिनले हराउने लक्ष्यमा छ । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्वन्द्वी जस्तै हुन । पछिल्ला सात खेलमा नेपाल र हङकङ ७ पटक खेलेका छन जसमा नेपालले चार खेलमा जित निकालेको छ भने हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ ।
सन् २०१२ एसीसी ट्रफी एलिट नेपाल १२५ रनले विजयी
२०१४ विश्वकप छनोट हङकङ १० विकेटले विजयी
२०१४ एसीसी प्रिमियर लिग नेपाल ७ विकेटले विजयी
२०१७ एसीसी इमर्जिङ कप नेपाल ७ विकेटले विजयी
२०१७ विश्व क्रिकेट लिग पहिलो खेल हङकङ ८३ रनले पराजित
२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप दोस्रो खेल वर्षाका कारण रद्द
२०१८ विश्वकप छनोट नेपाल ५ विकेटले विजय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।