रोमाञ्चक खेलमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायाे

 असोज २३, २०७८ शनिबार ६:५१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ ।

हिजाे भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायाे ।

अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका श्रीकर भरतले छक्का हानेर टिमलाई जिताए ।  भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए ।

आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन्  ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया