सप्तरीमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो, श्रीमान र छोरा घाइते

 असोज २४, २०७८ आइतबार ७:४३:३५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चाेकमा बसले माेटरसाइकललाई ठक्कर दिँदा एक महिलाकाे ज्यान गएकाे छ । 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत इन्द्रचौतारी चाेकमा शनिवार बेलुका प्रदेश २–०१–००१ प ०३३४ नम्बरकाे मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएकाे हाे ।

बसकाे ठक्करबाट मोटरसाइकलकाे पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको ज्यान गएकाे हाे । 

दुर्घटनामा घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयाे। मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय  छोरा घाइते भएका छन् ।

घाइते दुवै जनालाई अस्पतालमा भर्ना गरिएको  प्रहरीले जनाएकाे छ । बस र चालक दोलखाको कालीञ्चाेक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा ‍लिइएकाे प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: चैत २९, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया