कविद्वय घनश्याम कँडेल र चन्द्रप्रसाद न्यौपानेलाई छन्द साधना पुरस्कार

 असोज २४, २०७८ आइतबार ९:४८:१५ | रासस
unn.prixa.net

काठमाण्डाै - छन्द–तरङ्ग, काठमाण्डाैले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्द साधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्द साधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।

कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष पच्चीस हजार रुपैयाँसहितको छन्द साधना पुरस्कार प्रदान गर्दै आएको छ ।

हिजाे आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्दै कँडेल र न्यौपाने दुवै स्रष्टाले नेपाली छन्द कवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गर्नुभयो । 

कुलपति उप्रेतीले कवि कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि  न्यौपानेद्वारा लिखित ‘चन्दयुग : चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचन गर्नुभएको थियो । प्राज्ञ प्रा डा. हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै कँडेलमा उच्च कवित्व प्रवाह रहेको र न्यौपाने नेपाली कविताका क्षेत्रमा प्रतिभा रहेको विचार व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया