उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा–‘स्वविवेकले राजीनामा दिएको हुँ’

 असोज २४, २०७८ आइतबार ११:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले केहीबेर अघि राजीनामा पत्र बुझाउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूले राजीनामा दिएको उहाँले उज्यालोलाई बताउनुभयो।

‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ' उहाँले भन्नुभयो,-'कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उहाँले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

यस अघि उहाँको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।  उहाँले अस्ति शुक्रवार मात्रै पदभार ग्रहण गर्नु भएको थियो ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया