ताइवानको चेतावनी :  दबाब दिइरहे चीनले ठूलो मूल्य चुकाउनु पर्ने छ

 असोज २४, २०७८ आइतबार ११:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताइवानका राष्ट्रपति साई इङ्ग विनले आफ्नो देशलाई चीनमा मिलाउने प्रयास नगर्न चेतावनी  दिनु भएको छ।

चीनले ताइवानलाई आफ्नो देशमा मिलाउन कुनै प्रयास गरे त्यसको कडा कठोर मूल्य चुकाउनु पर्ने उहाँको चेतावनी छ।

चिनियाँ राष्ट्रपति सी चिनपिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताए पछि ताइवानका राष्ट्रपति साईले यस्तो चेतावनी दिनु भएको हो ।

एउटा भाषणमा राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा चीनसँग ताइवान एकीकरण हुनुपर्ने बताउनु भएको थियो ।

ताइवानका राष्ट्रपति साइले वर्षौँ पहिले नै ताइवानले आफ्नो भविष्य तय गरेकाले चीनको कुनै पनि दबाबमा नझुक्ने बताउनु भएको छ । उहाँले आफ्नो सुरक्षाका लागि ताइवान कुनै पनि हालतमा पछि नहट्ने बताउनु भएको छ ।

उहाँले ताइवानले आफ्नो नीति नियममा कुनै फेरबदल नगर्ने पनि स्पष्ट पार्नु भएको छ। 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया