नेप्से साढे १८ अङ्कले घट्यो, चार अर्ब ४९ कराेड रुपैयाँको कारोबार

 असोज २४, २०७८ आइतबार १५:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १८ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज फाइनान्स, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । उत्पादन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागको छ ।

आज शिवम् सिमेन्ट, माउन्टेन हाइड्रो नेपाल र रिडी हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज दुई सय २० वटा कम्पनीका ७२ लाख ५१ हजार कित्ता शेयर चार अर्ब ४९ करोड ८० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महिला लघुवित्त र जीवन विकास लघुवित्तको १८ करोड रुपैयाँभन्दा धेरैका दरले शेयर खरिद बिक्री भएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया