साफ च्याम्पियनशिप : माल्दिभ्सले श्रीलङ्कालाई हरायाे, नेपाल र भारत खेल्दै

 असोज २४, २०७८ आइतबार २०:१२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा माल्दिभ्सले श्रीलङ्कालाई हराएकाे छ । आज आइतवार माल्दिभ्सकाे मालेमा रहेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा माल्दिभ्सले श्रीलङ्कालाई एक–शून्य गाेल अन्तरले हराएकाे हाे । 

खेलकाे छैटाैँ मिनेटमा माल्दिभ्सका अलि अश्फाकले गरेकाे गाेल नै निर्णायक बन्न पुग्याे । याे जितसँगै माल्दिभ्स अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिँदै फाइनल पुग्ने सम्भावना बलियाे बनाएकाे छ । उसकाे तीन खेलमा ६ अङ्क छ । याे हारसँगै श्रीलङ्का प्रतियाेगिताबाट बाहिरिएकाे छ । श्रीलङ्का एक अङ्क जाेड्दै बाहिरिएकाे हाे । 

माल्दिभ्स दाेस्राे स्थानमा उक्लिएसँगै भारतसँगै नेपाललाई पनि केही कठिन हुने भएकाे छ । नेपाल अहिले दुई खेलमा छ अङ्कसहित शीर्ष स्थानमा छ । भारत भने दुई खेलमा दुई अङ्क जोड्दै चौथो स्थानमा छ ।

प्रतियाेगितामा आज राति पाैने १० बजे नेपाल र भारत खेल्दैछन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया