स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १७ जना घाइते

 असोज २४, २०७८ आइतबार २०:२५:४६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । 

दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ  । 

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया