यसरी मनाइयाे अंग्रेजलाई हराएको दिनको सम्झनामा २००आैँ विजयोत्सव (तस्बिर र भिडियाे)

 भदौ १९, २०७५ मंगलबार ८:१:१६ | देव पचभैया

पाल्पा – अंग्रेजसंगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा श्रीरणउजिरेश्वरी भगवतीको २०० आैँ विजयाेत्सव मनाइएको छ । 

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश नम्बर ५ का संस्कृति तथा पर्यटन मन्त्री लिला गिरि, प्रदेश ५ का सभामुख पूर्ण घर्तीमगरलगायतको उपस्थितिमा विजय उत्सव मनाइएको हो । 

नेपाल एकीकरणको समयमा तात्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको छ ।

अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाईँमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Trilok thapa magar

    Sept. 16, 2018, 6:30 p.m.

    Is there photo of ex Col Ujir Thapa in the procession behind the murti of Durga If not try next year There is always space for improvement

  •  0 Reply

तपाईको प्रतिक्रिया