कोलकाता आईपीएल क्रिकेटको क्वालिफायरमा

 असोज २६, २०७८ मंगलबार ६:३९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईको सारजाहमा गएराति  भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चार विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  

बेङ्ग्लोर भने प्रतियोगिताबाट बाहिरिएको छ । बेङ्ग्लोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे ।

यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिश रानाले २३ रन बनाए । बेङ्ग्लोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बेङ्ग्लोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देवदूत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया