खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी

 असोज २७, २०७८ बुधबार ७:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ ।

कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ । कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ ।

कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ । सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला मगाउनका लागि अनुमति प्रदान गरेको छ ।  

बिहार राज्यले पछिल्लो पाँच दिनमा निजी क्षेत्रसँग बिजुली किन्नका लागि भनेर अग्रिम ९० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । यसबाट बिहारमा ५ हजार ५ सय मेगावाटको पिक आवरको लोड धान्ने विश्वास गरिएको छ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया