मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु : श्रम मन्त्री श्रेष्ठ

 असोज २७, २०७८ बुधबार २०:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ । 

बडादशैँकाे आठाैँ दिन आज बुधवार मनकामना मन्दिरको दर्शन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा याे कुरा बताउनुभएको हो । 

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उहाँले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताउनुभयो । मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ, उहाँले भन्नुभयो । 

त्यस क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गएकाे भदौ २३ गतेदेखि खुला गरिएको हो । 

प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्न हजाराैँ भक्तजन बर्सेनि यहाँ पुग्छन् । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया