पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द , तालिबानले अपमान गरेकाे आराेप

 असोज २९, २०७८ शुक्रबार ७:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ ।

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको बीबीसीले जनाएको छ ।  पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।

पीआईएका प्रवक्ताले तालिबानले एयरपोर्टका आफ्ना कर्मचारीलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको समेत आरोप लगाएको छ । हिजो सामान्य अवस्थामा भन्दा १० गुणा कमले मात्र एक देशबाट अर्को देशका लागि टिकट काटेका बीबीसीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार  काबुलबाट इस्लामाबाद ४० मिनेट उडानको लागि तालिबानले १२  सय डलर असुल्ने गरेको पाइएको थियो । यो भन्दा अगाडि यति उडानको १ सय ५० डलर मा हुँदै आएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया