आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई, कोलकाता २७ रनले पराजित

 असोज ३०, २०७८ शनिबार ७:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। 

यूएईमा गएराति भएको खेलमा काेलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । 

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।  

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै भेन्कातेस एयरले ५०,  शिवम माभीले २० र लक्की फर्गुसनले १८ रन जोडे । चेन्‍नईका सार्दुल ठाकुरले ३ तथा रविन्द्र जडेजा र जोश हाजलउडले दुई/दुई विकेट लिए  ।

यस्तै, दीपक चाहर र ड्वाने ब्राभोले एक/एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । 

चेन्नईका फाप डुु प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३७,  रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन जोडे । कोलकाताका सुनिल नापरनले २ तथा शिवम माभीले एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया