अञ्जन विष्टले फाइनल खेल गुमाए, धेरै गाली पाएको भन्दै दुःख व्यक्त

 असोज ३०, २०७८ शनिबार ७:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले आजको फाइनल खेल गुमाएका छन् ।

उनी गएको बुधवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका थिए । 

खेलको ८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए । तर, खेलका क्रममा क्रसमा आएको बललाई हातले हान्न खोजेपछि उनले पहेँलो कार्ड पाएका थिए । 

यसअघि अञ्जनले भारतसँगको खेलको अन्तिम समयमा पनि पहेँलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा दुई पटक पहेँलो कार्ड पाएकाले उनले फाइनल खेल गुमाएका हुन् । अञ्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ । 

जारी प्रतियोगितामा अञ्जनले नेपालका लागि दुई गोल गरेका छन् । उनले फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने विश्वास व्यक्त गरेका छन् । 

अञ्जनले हिजो सामाजिक सञ्जालमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शतप्रतिशत प्रतिबद्ध भएर लागेको बताएका छन् । 

उनले भारतसँगको खेलपछि आफूले धेरै गाली पाएको भन्दै कुनै  पनि खेलाडीले देशलाई हराउन नखोज्ने पनि स्पष्ट पारेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया