साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारतसँग ३–० गोल अन्तरले पराजित

 असोज ३१, २०७८ आइतबार ५:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गाेल अन्तरले पराजित भएको हो ।

खेलकाे पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो । सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया