मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो

 असोज ३१, २०७८ आइतबार ८:५४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगाएको छ ।

गएको असार १ को बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर त्यहाँबाट मोटरबाटो बनाइएकोे थियो । तर गएराति ठूलो पानी परेकाले अस्थाई पुल बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० सँगको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिकाको पुरै र ईन्द्रावती गाउँपालिको केही क्षेत्रमा पनि सडकसँगको सम्पर्क टुटेको छ ।

यस्तै, मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण यो सडकसमेत अवरुद्ध भएको छ । गएको असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर गाडको आवतजावत खुलाइएको थियो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया