कर्णाली : दशैँकाे बेला सडक दुर्घटनामा ३७ जनाकाे ज्यान गयाे

 कात्तिक १, २०७८ सोमबार ७:२८:२३ | रासस
unn.prixa.net

काठमाण्डाै – दशैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को ज्यान गएको जनाएको छ ।

यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाकाे ज्यान जानुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा ज्यान गुमाउनेमध्ये छायाँनाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । त्यस दुर्घटनाले नगरपालिका पूरै शोकमा डुब्यो ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीन जनाको ज्यान जानुका साथै  २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको ज्यान गयाे । यस्तै दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् । मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक/एक सवारी दुर्घटना भए । प्रदेशमा दशैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया