माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल

 कात्तिक १, २०७८ सोमबार १३:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलन बारेमा छलफल भएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, पालिका सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निचोडमा नपुगिएको पनि उहाँले बताउनुभयो । स्थायी कमिटीको अर्को बैठक भोलि बिहान बस्नेछ । भोलिको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताउनुभयो ।

आउँदो कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया