आर्मीलाई हराउँदै सिरहाको सलहेश युवा क्लब झापा कपको सेमिफाइनलमा
पुस १, २०८१ सोमबार
काठमाण्डाै - आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो ।
भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई/तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ ।
‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो वर्षा र झरीको सम्भावना छैन’ मौसमविद् पौडेलले भन्नुभयो । गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो । आज भने पूर्वबाट पनि यो प्रणाली हटिसकेको मौसमविद्ले बताएका छन् ।
यसैबीच, पानी नपरे पनि हिजोअस्तिकै वर्षाले जमिन गलेकाले पहिरोको जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन् । भिरालो जमिनमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।