नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

 कात्तिक ४, २०७८ बिहिबार ८:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टीको आसन्न महाधिवेशन र पालिकाका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बस्न लागेको हो ।

गएको असोज १५ गतेदेखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा १० औं महाधिवेशन अर्काे निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकामा त्यस ठाउँ परिवर्तन हुने सङ्केत देखिएको छ ।

वाग्मती प्रदेशको आजको बैठकमा यस प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने जनाउनुभयो।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया