स्कटल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको 'सुपर १२' मा

 कात्तिक ५, २०७८ शुक्रबार ६:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्कटल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको 'सुपर १२' मा प्रवेश गरेको छ ।

घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।स्कटल्यान्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । यस्तै बङ्गलादेश पनि आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

हिजो कुवेतको अल अमिरात मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ८४ रनले हराउँदै बङ्गलादेशले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया