नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दै

 कात्तिक ६, २०७८ शनिबार ६:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो ।

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले छ । देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ । यस्तै आउँदो ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया