विराटनगर विमानस्थलमा आज १० बजेदेखि उडान सुरु हुने

 कात्तिक ६, २०७८ शनिबार ७:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।

आज बिहान १० बजेदेखि उडान सुरु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्राधिकरणले बिहानदेखि बेलुकी ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । दुई दिनसम्म उपकरणहरुको परीक्षणपछि विमानस्थल सञ्चालनमा आउन लागेको हो ।

विमानस्थल जलमग्न भएपछि तीन दिनदेखि विमानस्थल बन्द गरिएको थियो । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका ठाउँ डुबानमा परेका थियो ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया