इङ्ग्लिस प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५–० ले पराजित

 कात्तिक ८, २०७८ सोमबार ६:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एक/एक गोल गरे । खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ । वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरेका हुन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया