टी–२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हरायो

 कात्तिक १४, २०७८ आइतबार ६:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ । दुबईमा गएराति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो ।

अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे । इङ्ग्ल्यान्डका जोस बट्लरले अविजित ७१ रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका एडम जाम्पा र एस्टन एगरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ४४ तथा एस्टन अगरले २० रन जोडे । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र ट्यामल मिल्सले २/२ विकेट लिए । समूह एकमा रहेको इङ्ग्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ । इङ्ग्ल्यान्डले यसअघिका खेलमा बङ्गलादेशलाई ८ विकेट र वेस्ट इण्डिजलाई ६ विकेटले हराएको थियो ।

अष्ट्रेलिया ४ अंकका साथ चौथो स्थानमा रहेको छ । अष्ट्रेलियाको यो पहिलो हार हो । यसअघिका खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ७ विकेट र दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया