पाकिस्तान टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

 कात्तिक १७, २०७८ बुधबार ६:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार चार खेल जित्दै पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर एक सय ८९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम र  मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले ।

कप्तान आजम ७० र रिजवान ७९ रनमा अविजित रहे । नामिबियाका जेन फ्रिलिंक र डेभिड वेजसले एक/एक विकेट लिए । एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो ।

नामिबियाका डेविड वेजस सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० तथा स्टेफेन बार्डले २९ बनाए ।  पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए । जितसँगै पाकिस्तानले चार खेलमा आठ अङ्क बनाएको छ ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो । यसअघि समूह एकबाट इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया