विद्यालयमा समायोजन नीति कार्यान्वयनपछि दाङमा विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार

 कात्तिक २१, २०७८ आइतबार ७:३२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दाङ - विद्यालयमा समायोजन नीति कार्यान्वयनपछि दाङमा विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार हुँदै गएको छ।

कमजोर विद्यालयलाई प्रशासन प्रभावकारी रहेको नजिकको विद्यालयमा समायोजन नीति प्रभावकारी बन्दै हाे । 

घोराहीको हरिद्वार प्रावि चौघेरा माविमा समायोजन भएपछि विद्यार्थी सङ्ख्या बढेको छ । कुनै बेला १०/१२ जना विद्यार्थी रहेको विद्यालयमा अहिले तीन सय भन्दा धेरै विद्यार्थी छन् । घोराही उपमहानगरपालिकाले नजिकैको राम्रो विद्यालयमा समायोजन गर्ने र त्यसले दुवैतर्फका विद्यालय सञ्चालन गर्ने गरी नीति कार्यान्वयन लिएको छ । 

हरिद्वार र चौघेराको दूरी झण्डै डेढ किलोमिटर मात्रै छ । विद्यालय गाभ्नेभन्दा पनि नजिकमा राम्रो व्यवस्थापन गरेको विद्यालयले जिम्मा लिँदा प्रभावकारी हुने देखिएको चौघेराका प्रधानाध्यापक श्याम मल्लले बताउनुभयो । 

घोराही उपमहानगरपालिका–१८ को आधारभूत विद्यालय मसिनामा कुनै बेला २० जना मात्रै विद्यार्थी थिए । तर रझेना माविमा समायोजनपछि ६० जना विद्यार्थी पुगेका रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले बताउनुभयो ।

घोराही ७ को घुस्रा प्राविलाई सौडियार माविमा, घोराही १० को बिपी वाटिकालाई सिद्धरत्ननाथ मावि नारायणपुरमा, घोराही ६ को गुरुवागाउँ प्राविलाई जदरागाउँ मावि र पक्वै प्राविलाई जयशेयर माविको व्यवस्थापन जिम्मा लगाइएको छ । अबका दिनमा पनि कमजोर विद्यालयलाई व्यवस्थापन प्रभावकारी रहेको विद्यालयको जिम्मा दिने नीति रहेको घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलले बताउनुभयो ।

विद्यालय समायोजन गरेर नजिकैको राम्रो विद्यालयलाई जिम्मा दिएपछि अहिले अभिभावक तथा विद्यार्थीमा पनि विश्वास बढेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । 

साथै शिक्षक, व्यवस्थापन समितिका सदस्यले आफ्ना बालबच्चा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिले पनि शिक्षाको गुणस्तर सुधारमा सहयोग पुगेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया