टी-२० विश्व कप क्रिकेट : पाकिस्तान सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित

 कात्तिक २२, २०७८ सोमबार ६:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङ्टनले सर्वाधिक ५४ रन जोडे । यस्तै, जर्ज मुन्शेले १७, माइकल लिस्कले १४,  कप्तान काइल कोट्जरले ९ रन जोडे ।

पाकिस्तानका शदाव खानले दुई तथा हसन अलि, हरिस राउफ र शाहिन शाह अफ्रिदीले एक/एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकीय पारीको सहयोगमा १ सय ८९ रन जोडेको थियो ।

बाबर आजमले सर्वाधिक ६६ रन  बनाए भने मलिकले ५४ रनको योगदान गरे । यस्तै, मोहम्मद हाफिजले ३१ र मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक/एक विकेट लिए । अब पाकिस्तानले फाइनल प्रवेशका लागि आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया