टी-२० विश्व कप क्रिकेटमा आज इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

 कात्तिक २४, २०७८ बुधबार ६:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ ।

पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ ।

सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड समूह २ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।  

इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान ज्यासन रोयले विश्व कपका खेल गुमाएका  छन् ।

देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाएका हुन् ।

यस्तै,अर्को सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया खेल्ने छन् । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो ।

पाकिस्तान समूह २ को विजेता र अस्ट्रेलिया समूह १ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया