सप्तरीमा बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गयाे

 कात्तिक २५, २०७८ बिहिबार १४:१४:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी  - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीकाे कञ्चनरुप नगरपालिका-२ बरमझियामा गएराति बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ।

ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे।

बसले ठक्कर दिँदा मोटरसाइकलमा रहेका भारत बिहार सुपाैलका २२ वर्षीय राजकुमार तिवारी र माेटरसाइकलकाे पछाडि रहेका अन्दाजी ३०/ ३१ वर्षीय पुरुषकाे ज्यान गएकाे हाे ।

उनकाे राजविराजमा रहेकाे गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । 

ठक्करबाट सख्त घाइते तिवारीकाे भने उपचारका लागि विराराटनगरतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएकाे हाे। 

त्यही बसकाे ठक्करबाट घाइते भएका पैदलयात्री बरमझियाका १९ वर्षीय रोहनप्रसाद गुप्ताकाे विराटनगरमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिइएकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया